नवराज सुवेदीको चेतावनी – आन्दोलनलाई कमजोरी ठाने परिणाम अनुकूल नहुन सक्छ

नेपालभ्युज

नवराज सुवेदीको चेतावनी – आन्दोलनलाई कमजोरी ठाने परिणाम अनुकूल नहुन सक्छ

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलनका संयोजक नवराज सुवेदीले आफ्नो आन्दोलनलाई कमजोरी ठानेर बेवास्ता गरे परिणाम अनुकूल नहुन चेतावनी दिएका छन् ।

आन्दोलन कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई तोक्दै सुवेदीले यस्तो चेतावनी दिएका हुन् ।

सुवेदीले भने, “विज्ञानको नियमअनुसार क्रिया भएपछि प्रतिक्रिया त हुन्छ नै । यदि यसलाई हाम्रो कमजोरी ठानेर बेवास्ता वा उपेक्षा भएमा त्यसको परिणाम अनुकूल नहुन सक्छ । त्यसबाट सिर्जित हुने परिस्थितिको जिम्मेवार सरकार र गणतन्त्रवादी दलहरू हुनेछन् ।”

देश इतिहासकै असाधारण अवस्थाबाट गुज्रिरहेको राज्यका कुनै अङ्ग स्वस्थ नभएको र उपचारका लागि ढिला भइसकेको उनको भनाइ छ ।

चैत १५ गते (भोलि) काठमाडौंमा प्रदर्शन गर्ने, १७ गते थप आन्दोलनको घोषणा गर्ने र २१ गतेदेखि सशक्त प्रदर्शन गर्ने सुवेदीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved