बर्खास्तविरुद्ध कुलमान सर्वोच्चमा

नेपालभ्युज

बर्खास्तविरुद्ध कुलमान सर्वोच्चमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन् ।

सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनर्स्थापनाको माग गर्दै उनी सर्वोच्च पुगेका हुन् ।

नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतलाई विपक्षी बनाउँदै उनले रिट निवेदन दर्ता गराएका छन् ।

कुनै गल्ती, त्रुटी नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढङ्गले पदमुक्त गरेको भनी रिट निवेदनमा उनको जिकिर छ ।

कुलमानले प्रतिनिधिमार्फत रिट निवेदन दर्ता गराएका हुन् । करिब ५ बजेतिर सर्वोच्च अदालतमा  उनको निवेदन पेस भएको छ ।

कुलमानलाई बर्खास्त गर्नुका १० कारणसहित उर्जामन्त्रालयले पठायो पत्र


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved