लोकतन्त्र आएपछि केही भएन भन्ने भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ : गृहमन्त्री

नेपालभ्युज

लोकतन्त्र आएपछि केही भएन भन्ने भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ : गृहमन्त्री

भक्तपुर । गृहमन्त्री रमेश लेखकले लोकतन्त्र प्राप्तिपछि सरकारले देशमा धेरै कामहरु गरेको भए पनि केही पनि गर्न सकेन भन्ने नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भइरहेको बताएका छन् ।

भक्तपुरको दूधपाटीस्थित जुद्ध बारुणयन्त्र कार्यालय भवनको उद्घाटन गर्दै गृहमन्त्री लेखकले लोकतन्त्र प्राप्तपछि सरकारले केही गर्न सकेन, देशमा केही भएन भन्ने गरी भाष्य निर्माण गर्नु गलत भएको बताए ।

उनले भने, “तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘कु’ गरेर प्रजातन्त्र समाप्त पारेको दिन जनताले बिर्सनुभएको छैन भन्ने मलाई विश्वास छ । प्रजातन्त्र समाप्त पारेर राज्य सत्ता एकलौटी हातमा लिएपछि सबभन्दा पहिला नेपाली सेना र प्रहरीले सञ्चारमाध्यममा छापा मारेर समाचारमा रोक लगाएको, प्रकाशित पत्रिकाहरु बन्द गराउनेदेखि जफत गरेर लगेको, पत्रकारलाई धम्क्याएको, जनताको आवाज बन्द गराएको सिङ्गो प्रेस जगत् र जनताले बिर्सेका छैनन्, त्यसैले यो व्यवस्था चाहिँदैन भनेर नेपाली जनताले भन्न सक्नुहुन्न ।”

गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन सक्दैन भन्दै उनले भने, “केही हुँदै नभएको, केही गर्दै नगरेको भन्ने होइन, धरै काम भएका छन् । तर जनताले सोचेजस्तो छिटो काम नभएको पक्कै हो । मुलुकमा समस्या छैनन् भनेर म भन्दिन, समस्या छन्, त्यसलाई हल गर्दै अगाडि जाने व्यवस्था लोकतन्त्र मात्रै हो ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved