प्रतिनिधि सभाको बैठक सर्‍यो

नेपालभ्युज

प्रतिनिधि सभाको बैठक सर्‍यो

काठमाडौं । आधा घण्टाका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेका लागि सरेको छ ।

बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक विपक्षी दलहरूले अवरोध गरेपछि स्थगित भएको थियो ।

संसद्का महासचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गर्दै बैठक ३ बजे बस्ने तय भएको जानकारी दिएका छन् ।

कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट किन हटाएको भन्दै विपक्षी दलले प्रधानमन्त्रीको जवाफ मागेर विरोध जनाएपछि बैठक स्थगित भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved