सेन्ट्रल प्लाजामा आगलागी : ९ जनाको उद्धार

नेपालभ्युज

सेन्ट्रल प्लाजामा आगलागी : ९ जनाको उद्धार

काठमाडौं । आगलागीको कारण इटहरी चोकस्थित सेन्ट्रल प्लाजामा फसेका ११ जनामध्ये ९ को उद्धार भएको छ ।

बाँकी २ जनाको उद्धार प्रयास भइरहेको कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

९ तलाको प्लाजामा पाँचौं तलाबाट आगलागी सुरु भएको थियो । हाल पाँचौं, छैटौं र सातौं तलासम्म आगो फैलिएको छ । भवनमा होटेल वरन्डा, रेस्टुरेन्ट, सिनेमा हल, बैङ्क, क्याफे र विभिन्न पसलहरू छन् ।

भवनभित्र प्रवेश गर्न असम्भव भएकाले बाहिरबाट मात्र आगो निभाउने प्रयास जारी छ ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालित छ । सशस्त्र प्रहरी बलको नम्बर १ बराह बाहिनीबाट १०५ जना सुरक्षाकर्मी खटिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved