सुनचाँदीको भाउ बढ्यो

नेपालभ्युज

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा लगातार चार दिनदेखि घटिरहेको सुनको मूल्य बुधबार बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मङ्गलबार सुन तोलामा २ सय, सोमबार ६ सय, आइतबार ९ सय र गत शुक्रबार १ हजार रुपैयाँले घटेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved