राजावादीहरुले राजनीतिक बेइमानी गरे, भ्रमलाई विश्वास नगर्नु : मोहन वैद्य

नेपालभ्युज

राजावादीहरुले राजनीतिक बेइमानी गरे, भ्रमलाई विश्वास नगर्नु : मोहन वैद्य
फाइल तस्वीर ।

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणले राजावादीहरुले राजनीतिक बेइमानी गरेको बताएका छन् ।

राजवादीहरूले  सामाजिक सञ्जालमा ‘मोहन वैद्य वर्तमान परिस्थितिमा राजसंस्था पुनर्स्थापनाको पक्षमा’ भनी प्रचार गराएको घटनाको खण्डन गर्दे उनले यस्तो बताएका हुन्  ।

आफूलाई राजसंस्था पुनर्स्थापना गर्नपर्ने पक्षमा रहेको भनी गलत प्रचारबाजी गरेको भन्दै वैद्यले वक्तव्यमार्फत त्यसको कडा शब्दमा खण्डन गरेका  छन् ।

‘यो नयाँ जनवादी गणतन्त्रको खुडकिलो पार गरी वैज्ञानिक समाजवाद तथा साम्यवादप्रतिको मेरो अटुट आस्था, विश्वास र त्यसका लागि मैले जीवनभर गर्दै आएको सङ्घर्ष प्रतिको आक्रमण मात्र होइन, राजनीतिक बेइमानी समेत हो’, उनले वक्तव्यमा उल्लेख गरेका छन् ।

उनले यस्ता बेइमानी कदमलाई खारेज गरेको बताउँदै यी भ्रमलाई विश्वास नगर्न समेत आग्रह गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved