एएफसी एसियन कप : यस्तो छ मलेसियाविरुद्ध भिड्ने नेपालको सुरुआती ११

नेपालभ्युज

एएफसी एसियन कप : यस्तो छ मलेसियाविरुद्ध भिड्ने नेपालको सुरुआती ११

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले एएफसी एसियन कप २०२७ तेस्रो चरणको छनोटअन्तर्गत मलेसियाविरुद्ध खेल्ने नेपालको सुरुआती ११ खेलाडीको नाम सार्वजनिक गरेका छन् ।

खेल मलेसियाको सुल्तान इब्राहिम स्टेडियम   साँझ ७:४५ बजे हुनेछ  जसमा सिङ्गापुरसँग खेलेको टोलीमा एक खेलाडी परिवर्तन भएको छ ।

सुरुआती ११ मा नियमित खेल्दै आएका फरवार्ड अञ्जन विष्टलाई मुख्य प्रशिक्षक म्याटले आराम दिएका छन् । उनको स्थानमा मिडफिल्डर लाकेन लिम्बूलाई अवसर दिएको छ ।

यही चैत ७ गते सिङ्गापुरको नेसनल स्टेडियममा सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले सिङ्गापुरमाथि १–० को जित निकालेको थियो । जेलेस्पीजङ्घ कार्कीको निर्णायक गोलसँगै नेपालले सिङ्गापुरलाई ३६ वर्षपछि पराजित गरेको थियो ।

नेपालको सुरुआती ११ मा कप्तान एवं गोलकिपर किरण चेम्जोङसँगै लाकेन लिम्बू, सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, अनन्त तामाङ, जेलेस्पीजङ्घ कार्की, एरिक विष्ट, सुमित श्रेष्ठ, आयुष घलान, मनिष डाँगी र रोहित चन्द छन् ।

नेपाल हाल फिफा वरियतामा एक सय ७५औँ स्थानमा छ भने मलेसिया एक सय ३२औँ स्थानमा छ । पुरुष फुटबलमा नेपालले मलेसियालाई अहिलेसम्म हराउन सकेको छैन । यसअघि भएको सात भेटमा नेपालले मलेसियालाई पराजित गर्न सकेको छैन । मलेसियाले छ खेल जित्दा एक खेल भने बराबरीमा सकिएको थियो ।

आजको खेल नेपालमा हुनुपर्ने हो । तर दशरथ रङ्गशालालाई अन्तरराष्ट्रिय मान्यता नदिएको कारण नेपाली टोली मलेसिया गएको हो ।

यस छनोटमा एसियाका २४ टिमलाई विभिन्न छ समूहमा विभाजित गरिएको छ । जसमा नेपाल समूह एफमा परेको छ । नेपालको समूहमा मलेसिया, भियतनाम र लाओस छन् । होम एण्ड अवे प्रणालीमा खेलाइने छनोटपछि प्रत्येक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved