राजसंस्था र हिन्दु राष्ट्र पक्षधरका सबै प्रदर्शनमा राप्रपा सहभागी हुने

नेपालभ्युज

राजसंस्था र हिन्दु राष्ट्र पक्षधरका सबै प्रदर्शनमा राप्रपा सहभागी हुने
फाइल तस्वीर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा हुने शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुने निर्णय गरेको छ ।

यसअघि यो एजेण्डामा अरुले गर्ने आन्दोलनमा सहभागी नहुने बताइरहेको राप्रपाले हाल आफ्नो नीति परिवर्तन गरेको हो ।

राप्रपाको आन्दोलन परिचालन मुल समितिको बैठकले राजसंस्था पक्षधर सबैको आन्दोलनमा ऐक्यवद्धता जनाउने र सहकार्यका लागि ढोका खुला राख्ने निर्णय लिएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

बैठकले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ्लाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोध पनि गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved