लगातार चौथो दिन पनि घट्यो सुनको भाउ

नेपालभ्युज

लगातार चौथो दिन पनि घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा चार दिनदेखि लगातार सुनको मूल्यमा गिरावट आइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य सोमबारको तुलनामा तोलामा २ सय रुपैयाँले घटेको छ । सुन तोलाको १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलामा ६ सय, आइतबार ९ सय र गत शुक्रबार १ हजार रुपैयाँले घटेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved