ग्लोबल मनि विकमा ग्लोबल आइएमई बैङ्कको युवा तथा विद्यार्थी लक्षित कार्यक्रम

नेपालभ्युज

ग्लोबल मनि विकमा ग्लोबल आइएमई बैङ्कको युवा तथा विद्यार्थी लक्षित कार्यक्रम

काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेडले ग्लोबल मनि विक २०२५ को अवसरमा विद्यार्थी तथा युवायुवती लक्षित वित्तीय साक्षरता कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।

बैङ्कले आयोजना गरेको विभिन्न कार्यक्रममा ६ हजारभन्दा बढी विद्यार्थी तथा युवायुवतीको सहभागिता रहेको थियो। नेपाल राष्ट्र बैङ्क  तथा अन्य संस्थाले आयोजना गरेको कार्यक्रममा पनि ग्लोबल आइएमई बैङ्कका  कर्मचारी वित्तीय सचेतना ब्यानरसहित सहभागी भएका थिए।

ग्लोबल आइएमई बैङ्कले आफ्ना ३५५ वटै शाखाबाट वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी जानकारी दिइएको थियो।

ग्लोबल आइएमई बैङ्क  ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड २०२४’ र ‘युरो मनी अर्वाड फर एक्सलेन्स २०२४’ अन्तर्गत दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैङ्कको  रूपमा सम्मानित भएको छ। बैङ्कले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट पनि सम्मान पाएको छ।

ग्लोबल आइएमई बैङ्क   ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क  हो। बैंकले ३५५ शाखा कार्यालय, ३८५ एटीएम, २३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ।

बैङ्कले नेपाली नागरिकलाई बैंकिङ सेवाका साथै अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका देशबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved