प्रधानमन्त्री कप क्रिकेट:

सुपरओभरमा मधेसलाई हराउँदै गण्डकीले टुङ्ग्यायो यात्रा

नेपालभ्युज

सुपरओभरमा मधेसलाई हराउँदै गण्डकीले टुङ्ग्यायो यात्रा

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा आफ्नो अन्तिम खेलमा गण्डकीले मधेसलाई सुपर ओभरमा पराजित गरेको छ ।

सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा सोमबार भएको रोमाञ्चक खेलमा सुपर ओभरमा २३ रनको लक्ष्य पछ्याएको मधेस ६ बलमा कुनै विकेट नगुमाई मात्र ९ रन मात्र बनाउन सफल भयो ।

मधेसका लागि रुपेश सिंहले ६ र पवन सराफले ३ रन बनाए ।

पहिले ब्याटिङ गरेको गण्डकी ६ बलमा २२ रन बनाउन सफल भएको थियो ।

२४७ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकीले ४९.५ ओभरमा २४६ रन बनाउँदा खेल टाई भएको थियो ।

पहिले ब्याटिङ गरेको गण्डकी ५० ओभरमा २४६ रनमा आउट भएको थियो । अर्जुन कुमालले १०६ रनको शतकीय पारी खेलेका थिए।

यससँगै आफ्नो नवौं खेलमा जित हासिल गर्दै गण्डकीले आफ्नो यात्रा टुङ्गाएको छ । ७ खेलमा ४ अङ्क जोडेको मधेस आठौं स्थानमा छ ।

अब मधेसलाई अन्तिम चारको यात्रा तय गर्न बाँकी २ खेलमा जित हासिल गर्दै अरु खेलमा निर्भर हुनुपर्ने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved