‘एल क्लासिको’मा चेन्नाईको बाजी, मुम्बईलाई चार विकेटले हरायो

नेपालभ्युज

‘एल क्लासिको’मा चेन्नाईको बाजी, मुम्बईलाई चार विकेटले हरायो

काठमाडौं । भारतीय क्रिकेटमा ‘एल क्लासिको’को नामले परिचित खेलमा चेन्नाई सुपर किङ्ग्सले बाजी मारेको हो । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत आइतबार राति एमए चिदम्बरममा भएको खेलमा घरेलु टोली चेन्नाईले आफ्नो प्रमुख प्रतिद्वन्द्वी मुम्बई इन्डियन्सलाई चार विकेटले हराएको हो ।

मुम्बईले दिएको १५६ रनको मध्यम लक्ष्य चेन्नाईले १९.१ ओभरमा ६ विकेटको क्षतिमा १५८ रन बनाउँदै पूरा गर्यो ।

चेन्नाईको जितमा रचिन रवीन्द्र र कप्तान ऋतुराज गल्कवाडले अर्धशतकीय पारे खेले । रवीन्द्रले अविजित सर्वाधिक ६५ तथा गल्कवाडले ५३ रन बनाए ।

यस्तै रवीन्द्र जडेजाले १७, शिवम दुबले नौ, साम करनले चार, दीपक होडाले तीन र राहुल त्रिपाठीले दुई रन बनाए । पूर्वकप्तान महेन्द्रसिंह धोनी शून्य रनमा अविजित रहे ।

मुम्बईका लागि विगेश पथेरले तीन तथा विल ज्याक्स र दीपक चहार एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५५ रन बनाएको थियो ।

मुम्बईका कप्तान रोहित शर्मा शून्य रनमा आउट भए । तिलक बर्माले ३१ रन र कप्तान सूर्य कुमार यादवले २९ रन बनाए । दीपक चहारले अविजित रहँदै १५ बलमा २८ रन बनाएपछि मुम्बईले १५० रनको आँकडा पार गरेको हो ।

चेन्नईका लागि नूर अहमदले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए भने खलील अहमदले तीन विकेट हात पारे । नाथन एलिस र रविचन्द्रन आश्विनले एक–एक विकेट लिए । अहमद खेलका उत्कृष्ट खेलाडी घोषित भए ।

यस जितसँगै चेन्नाईले दुई अङ्क जोडेको छ । आइतबार नै भएको अर्को खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ४४ रनले हराएको थियो ।

आइपिएलमा हैदराबादको विजयी सुरुवात, राजस्थान ४४ रनले पराजित


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved