प्रधानमन्त्री कप क्रिकेट:

किरणको शतकमा सुदूरपश्चिमको तेस्रो जित

नेपालभ्युज

किरणको शतकमा सुदूरपश्चिमको तेस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशले तेस्रो जित हासिल गरेको छ ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरपश्चिमले कोशीलाई ३१ रनले पराजित गरेको हो ।

२४३ रनको लक्ष्य पछ्याएको कोशी ओभरमा रनमा अलआउट भयो । कोशीका लागि शकिब हकले अर्धशतकीय पारी खेले । हकले ६६ बलमा ११ चौका प्रहार गर्दै ६२ रनको योगदान गरे । तर, जितको लागि पर्याप्त हुन सकेन ।

सुदूरपश्चिमका लागि सौर्य श्रेष्ठले ३ विकेट लिए । भोज राज भट्टले २ तथा शेर मल्लले १, नारायण जोशी तथा राहुल भण्डारीले १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम ४३.४ ओभरमा २४२ रनमा अलआउट भएको थियो ।

सुदूरपश्चिमका लागि किरण ठगुन्नाले शतकीय पारी खेले । उनले किरणले ११५ रन प्रहार गर्दै एकै सिजनमा २ शतक प्रहार गर्ने कीर्तिमानीसमेत बनाएका छन् ।

कोशीका लागि ज्ञानेन्द्र श्रेष्ठले ४ विकेट लिए ।

कोशीविरुद्ध किरणको कीर्तिमानी शतक, सर्वाधिक छक्का प्रहार गर्नेमा शीर्ष


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved