प्रधानमन्त्री कप क्रिकेट:

कोशीविरुद्ध किरणको कीर्तिमानी शतक, सर्वाधिक छक्का प्रहार गर्नेमा शीर्ष

नेपालभ्युज

कोशीविरुद्ध किरणको कीर्तिमानी शतक, सर्वाधिक छक्का प्रहार गर्नेमा शीर्ष

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा किरण ठगुन्नाले कोशी प्रदेशविरुद्ध कीर्तिमानी शतक प्रहार गरेका छन् ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमलाई २४३ रनको योगफल बनाउने क्रममा किरणले ११५ रन प्रहार गर्दै एकै सिजनमा २ शतक प्रहार गर्ने कीर्तिमानी बराबरी गरेका छन् ।

गत वर्ष त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले एकै सिजन २ शतक प्रहार गरेर बनाएको कीर्तिमान किरणले बराबरी गरेका हुन् ।
विष्फोटक ब्याटिङ प्रदर्शन गरेका किरणले ९१ बलमा १२ चौका र ४ छक्का प्रहार गर्दै ११५ रनको योगदान गरे । उनले ८१ बलमा ११ चौका र ४ छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए ।

प्रधानमन्त्री कपमा किरणको यो दोस्रो शतक हो । यसअघि उनले गण्डकीविरुद्ध आफ्नो पहिलो शतक प्रहार गरेका थिए । कोशीविरुद्ध नै आर्मीका तृत राज दासले प्रतियोगिताको दोस्रो शतक प्रहार गरेका थिए ।

यस्तै, सर्वाधिक सिक्स प्रहार गर्ने सूचीमा पनि किरण शीर्ष स्थानमा उक्लिएका छन् । ८ खेलमा १४ छक्का प्रहार गर्दै उनी शीर्ष स्थानमा उक्लिएका हुन् । सो क्रममा उनले ३३७ रन बनाइसकेका छन् ।

७ खेलमा २५८ रन बनाएका नेपाल पुलिस क्लबका दीपेन्द्र सिंह ऐरीलाई किरणले पछि पारेका हुन् । यसअघि दीपेन्द्रले प्रहार गरेको १३ छक्का नै जारी प्रतियोगिताको सर्वाधिक थियो ।

अहिले सुदूरपश्चिमले दिएको २४३ रनको लक्ष्य कोशीले पछ्याइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved