प्रमाण नभेटिएको भन्दै बन्द गरियो सुशान्त सिंह राजपूतको केस

नेपालभ्युज

प्रमाण नभेटिएको भन्दै बन्द गरियो सुशान्त सिंह राजपूतको केस

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूत मृत्यु प्रकरणमा ४ वर्ष ६ महिना १५ दिनपछि सीबीआईले अन्तिम क्लोजर रिपोर्ट दायर गरेको छ । जसमा अनुसन्धान एजेन्सीले सुशान्तलाई आत्महत्या गर्न उक्साएको कुनै प्रमाण नभेटिएको बताएको छ ।

सुशान्त जुन १४, २०२० मा बान्द्रास्थित आफ्नै घरमा रहस्यमय रूपमा मृत फेला परेका थिए । मिडिया र विपक्षी दलहरूको दबाबका कारण यस मुद्दाको अनुसन्धान सीबीआईलाई सुम्पिएको थियो ।

अब सीबीआईको अन्तिम रिपोर्टमा मृत्युको वास्तविक कारण आत्महत्या भनिएको छ ।

यस मुद्दामा रिया चक्रवर्ती २७ दिन जेलमा बस्नुपरेको थियो । सीबीआईको अन्तिम प्रतिवेदन सार्वजनिक भएपछि रियाका वकिल सतीश मानेशिन्देले एक विज्ञप्ति जारी गर्दै यस मुद्दामा धेरै झूटा कथाहरू बनाइएको बताएका छन् ।

सुशान्तका बुबा केके सिंहले रिया चक्रवर्तीविरुद्ध आत्महत्या गर्न दुरुत्साहन, ठगी र मनी लान्ड्रिङको आरोप लगाउँदै उजुरी दिएका थिए ।
रियाविरुद्धको उजुरी, जसमा उनले सुशान्तको परिवारमाथि मानसिक उत्पीडनको आरोप लागेको थियो ।

सुशान्तको मृत्यु हुनुभन्दा केही दिनअघि जुन ८, २०२० मा उनकी म्यानेजर दिशा सालियनको मुम्बईको मलाडमा रहेको एक भवनको १४औं तलाबाट खसेर मृत्यु भएको थियो । यी दुवै मृत्युलाई शङ्कास्पद मानिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved