काठमाडौं । लेबनानबाट आफ्नो भूमिमा केही रकेट प्रहार भएपछि इजरायलले त्यसको जवाफमा हवाई आक्रमण गरेको छ ।
इजरायली सेनाले दक्षिणी लेबनानमा रहेको दर्जनौं रकेट लन्चर र इरान समर्थित हिजबुल्लाहको कमान्ड सेन्टरलाई निशाना बनाएको बताइएको छ ।
इजरायली आक्रमणमा बालबालिकासहित ७ जनाको मृत्यु भएको र ४० जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
लेबनानमा हिजबुल्लाह र प्यालेस्टिनी गुटसहित धेरै सशस्त्र समूहहरू सक्रिय छन् र इजरायलमा प्रहार गरिएका रकेटहरूको जिम्मेवारी कसैले पनि लिएको छैन ।
इजरायलले गाजामा हेजबुल्लाहको सहयोगी हमासविरुद्ध आक्रमण तीव्र पारेको केही दिनपछि शनिबार लेबनानबाट रकेट आक्रमण भएको हो ।
इजरायली सेनाले उत्तरी इजरायली सहर मेतुलामा प्रहार गरिएका तीनवटा रकेटहरूलाई रोकेको र आक्रमणमा कुनै हताहत नभएको बताएको छ ।
हिजबुल्लाहले यी आक्रमणहरूबाट आफूलाई टाढा राखेको छ । यसमा आफ्नो कुनै भूमिका नभएको र युद्धविरामप्रति प्रतिबद्ध रहेको बताएको छ ।
Facebook Comment
Comment