सिङ्गापुर विरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको अग्रता, जिलेस्पीको गोल

नेपालभ्युज

सिङ्गापुर विरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको अग्रता, जिलेस्पीको गोल

काठमाडौं। सिङ्गापुर विरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले सुरुवाती अग्रता लिएको छ। सिंगापुर नेसनल स्टेडियममा भइरहेको खेलको १२औं मिनेटमा जिलेस्पी जङ्ग कार्कीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन्।

जिलेस्पीले नेपालका लागि लगातार दोस्रो खेलमा गोल गरेका हुन्। उनले यसअघि गत नोभेम्बरमा अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा पनि गोल गरेका थिए। त्रिभुवन आर्मी एफसीबाट घरेलु फुटबल खेल्ने उनले रोहित चन्दको सहयोगमा अफगानिस्तानविरुद्ध २-० को जित निकालेका थिए।

यस खेलमा पनि उनले महत्वपूर्ण गोल गरेर नेपाललाई अग्रता दिलाएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved