एपीएफको चौथो जित

नेपालभ्युज

एपीएफको चौथो जित

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको छ ।

अङ्क तालिकाको तेस्रो स्थानमा रहेको एपीएफको यो चौथो जित हो ।

सुदूरपश्चिमले दिएको १९२ रनको लक्ष्य एपीएफले ३६.३ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्‍यो । एपीएफले सन्दीप जोराले अर्धशतकीय पारी खेले । उनले ५ चौकाको मद्दतमा ५१ रनको योगदान गरे ।

सिद्धार्थनगरमा शुक्रबार भएको खेलमा सुदूरपश्चिम ४८.५ ओभरमा अलआउट हुँदै १९१ रनमा रोकिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved