आक्रमणको भविष्यवाणी गर्न असफल भएको आरोपमा इजरायलका सुरक्षा प्रमुख बर्खास्त

नेपालभ्युज

आक्रमणको भविष्यवाणी गर्न असफल भएको आरोपमा इजरायलका सुरक्षा प्रमुख बर्खास्त

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणको भविष्यवाणी गर्न असफल भएको भन्दै देशको सुरक्षा सेवा प्रमुखलाई बर्खास्त गरेका छन् ।

इजरायली मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले रोनेन बारलाई अवकाश लिनुअघि बर्खास्त गर्ने निर्णयलाई अनुमोदन गरेको हो ।

बारलाई अक्टोबर २०२१ मा पाँच वर्षको कार्यकालका लागि सुरक्षा प्रमुखको रुपमा नियुक्त गरिएको थियो ।

गत आइतबार प्रधानमन्त्री नेतन्याहुले एक भिडियो वक्तव्यमार्फत बारलाई बर्खास्त गर्ने आफ्नो मनसाय रहेको बताएका थिए ।

वक्तव्यमा उनले हमासले इजरायलमा आक्रमण गरेयता आफू र बारबीच निरन्तर अविश्वास बढेको बताएका छन् ।

नेतन्याहुको यो कदमप्रति इजरायलका कतिपय मानिसले आक्रोश व्यक्त गरेका छन् । उनीहरूले राजधानी जेरुसेलममा सरकारविरोधी प्रदर्शन पनि भएको छ ।

गाजामा इजरायलले गरेको आक्रमणका विरुद्धमा पनि मानिसहरू सकडमा ओर्लिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved