ओली र एर्दोगानबीच टेलिफोन वार्ता-विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह

नेपालभ्युज

ओली र एर्दोगानबीच टेलिफोन वार्ता-विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानबीच टेलिफोन वार्ता भएको  छ ।

प्रधानमन्त्री ओलीले बिहीबार बालुवाटारबाट राष्ट्रपति एर्दोगानलाई  टेलिफोन गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका हुन्।

जवाफमा राष्ट्रपति एर्दोगानले  यस विषयलाई आफूले गम्भीर चासोका रूपमा लिई पहल गर्ने बताए । साथै उनले यसबारे विपिनको परिवार र नेपाली समाजलाई जानकारी दिन समेत आग्रह गरे।

यसअघि प्रधानमन्त्री ओलीले गत फागुन २७ गते  जोशीको रिहाइका लागि पहल गरिदिन इजिप्टका राष्ट्रपतिसँग टेलिफोनवार्ता  गरेका थिए।

सो अवसरमा आर्थिक एवं विज्ञान तथा प्रविधिका क्षेत्रमा सहकार्यका साथै दुई देशबीचको परस्पर सम्बन्ध विस्तारबारे समेत  कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved