प्रचण्डसँग संवाद गर्न प्रयासरत छु : प्रधानमन्त्री

नेपालभ्युज

प्रचण्डसँग संवाद गर्न प्रयासरत छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलका नेतासमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेपछि शान्ति प्रक्रियाको विषय अघि बढ्ने बताए ।

आफूले सम्पर्क स्थापित गर्न निरन्तर प्रयास गरे पनि स्वास्थ्यको कारण प्रतिपक्षी दलको नेतासँग भेट नभएको ओलीले बताए ।

बिहीबार प्रतिनिधि सभामा संसदीय प्रश्नोत्तर कार्यक्रमका क्रममा ओलीले शान्ति प्रक्रियाका अधुरा पक्षहरूलाई निष्कर्षमा पुर्‍याउन प्रचण्डसँग संवाद आवश्यक रहेको बताए ।

“बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो टुङ्ग्याउन सरकार प्रतिबद्ध छ,” प्रधानमन्त्री ओलीले भने, “यसमा अहिले पनि म प्रयासरत छु । मैले विपक्षी दलका नेताज्युसँग सम्पर्क गर्न पटक-पटक प्रयास गरेको छु, तर उहाँको स्वास्थ्य अवस्थाका कारण सम्पर्क हुन नसकेको जानकारी पाएको छु ।”

प्रधानमन्त्रीले प्रचण्डसँग सम्पर्क स्थापित हुने बित्तिकै शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी कामहरू अगाडि बढाइने विश्वास व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved