सुरु भयो यस वर्षको एसईई (तस्वीरहरू)

सुरु भयो यस वर्षको एसईई (तस्वीरहरू)

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (बिहीबार)देखि सुरु भएको छ । देशभरका २०७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि परीक्षा सुरु भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यस वर्षको एसईई परीक्षामा ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुँदै छन् । गत वर्षको एसईईमा भने ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए ।

गत वर्षको तुलनामा यो वर्ष एसईई दिने विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ ले बढेको छ ।

पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी, संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना तथा मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुँदैछ ।

तस्वीरमा काठमाडौंंको गोकर्णेश्वर नगरपालिका–८ मा रहेको लिबर्टी एकेडेमीमा विद्यार्थी परीक्षा दिँदै ।

सम्बन्धित समाचार : एसईई आजदेखि : पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदै


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved