प्रधानमन्त्री कप क्रिकेट:

सुदूरपश्चिमले लुम्बिनीलाई हरायो

नेपालभ्युज

सुदूरपश्चिमले लुम्बिनीलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमले लुम्बिनीलाई पराजित गरेको छ ।

रुपन्देहीस्थित एक्स्ट्रा टेक ओभलमा बुधबार भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ५ विकेटले पराजित गरेको हो ।

११७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

सुदूरपश्चिमका लागि किरण ठगुन्ना ४३ रनमा अविजित रहे । कप्तान नारायण जोशी २५ रनमा अविजित रहँदा प्रकाश पाण्डेले २२ रन बनाए ।

लुम्बिनीका लागि रमेश कुर्मीले २ तथा निर्मल गुरुङ, अजय चौहान र विप्रसन आचाईले १–१ विकेट लिए ।

यस्तै, लुम्बिनी ४४.१ ओभरमा ११६ रन बनाएर अलआउट भएको थियो ।

लुम्बिनीका लागि कप्तान देव खनालले ४१ र प्रज्वल थापाले ३० रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

सुदूरपश्चिमका लागि हेमन्त धामीले ४ विकेट लिए । शेर मल्ल, मिलन बोहरा तथा सौर्य श्रेष्ठले २/२ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved