बाबुराम भट्टराई भन्छन् – नेपालको समस्या नै तीन टाउकारुपी वैद्य हुन्

नेपालभ्युज

बाबुराम भट्टराई भन्छन् – नेपालको समस्या नै तीन टाउकारुपी वैद्य हुन्

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले देशको समस्या समाधान गर्न विशेष शल्यक्रियाको आवश्यकता रहेको बताएका छन् ।

उनले नेपालको समस्या तीन ठूला देशका प्रमुख भएको बताए ।

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सङ्केत गर्दै भट्टराईले यस्तो बताएका हुन् ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको वकालत गर्दै पार्टीले गरेको प्रदर्शनलाई सम्बोधन गर्दै उनले भने, “नेपालको जुन समस्या छ । त्यो भनेको यी तीन टाउकारुपी वैद्य हुन् । जो पालैपालो ११ पटक सरकारमा बसिसके । उनीहरु ५० चोटी दोहोरिए पनि देशको समस्या समाधान हुनेछैन । झन् बढ्छ । त्यसकारण नेपाललाई आधुनिक खालको शल्यक्रिया आवश्यक छ ।”

उनले पूर्वराजा पक्षधरको गतिविधिलाई महत्व दिन नहुने पनि बताएका छन् । उनले भने, “फेरि उही निरङकुश राजतन्त्र आवश्यक छैन । म त्यसलाई महत्व दिन्नँ । अरुले यसलाई धेरै बढाइचढाई गरिरहेका छन् ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved