ट्रम्प र पुटिनबीचको वार्तापछि रुस र युक्रेनबीच हवाई आक्रमण

नेपालभ्युज

ट्रम्प र पुटिनबीचको वार्तापछि रुस र युक्रेनबीच हवाई आक्रमण

काठमाडौं । रुस र युक्रेनले एकअर्कामाथि हवाई आक्रमण गरेका छन्, जसले गर्दा दुवै देशको पूर्वाधारमा क्षति पुगेको छ ।

यी आक्रमण रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ३० दिने युद्धविरामको लागि अमेरिकी प्रस्ताव अस्वीकार गरेपछि भएको हो, यद्यपि उनी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न सहमत भएका थिए ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रातभर गरिएको आक्रमणमा रुसले सुमीको अस्पताल सहित नागरिक पूर्वाधारलाई निशाना बनाएको बताएका छन् ।

अर्कोतर्फ युक्रेनको आक्रमणका कारण दक्षिणी रुसमा २० वर्ग किलोमिटरको दायरा भएको तेल डिपोमा आगलागी भएको छ । ट्याङ्कीहरू बीचको पाइपलाइनमा क्षति पुगेको थियो । आगो निभाउन सयौं अग्निनियन्त्रकहरू खटिएका छन् ।

रुसी रक्षा मन्त्रालयले युक्रेनबाट प्रहार गरिएका ५७ वटा ड्रोन खसालेको बताएको छ ।

ट्रम्प र पुटिनबीच ९० मिनेट फोनवार्ता, के भयो सहमति ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved