सुनको भाउ अहिलेसम्मकै उच्च, प्रतितोला ८ सयले बढ्यो

नेपालभ्युज

सुनको भाउ अहिलेसम्मकै उच्च, प्रतितोला ८ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनहुँ रेकर्ड ब्रेक गरिरहेको छ ।

मङ्गलबार तोलामा १ लाख ७५ हजार २ सय रुपैयाँ कायम हुँदै बनाएको उच्च मूल्यको रेकर्ड आज ब्रेक भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved