उपत्यकाका क्याम्पसमा तीन ठूला दलका भ्रातृ सङ्गठनबीच तीव्र प्रतिस्पर्धा, कहाँ को विजयी ?

नेपालभ्युज

उपत्यकाका क्याम्पसमा तीन ठूला दलका भ्रातृ सङ्गठनबीच तीव्र प्रतिस्पर्धा, कहाँ को विजयी ?
नेविसङ्घका प्रल्हाद खड्का र अनेरास्ववियुका ईश्वर थापा ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको परिमाण सार्वजनिक भएको छ । जसमा प्रमुख तीन ठूला दल नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका भ्रातृ सङ्गठनबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । हालसम्म यी तीनवटा भ्रातृ सङ्गठनले दुई–दुई ठाउँमा बाजी मारेका छन् ।

नेपाल कमर्स क्याम्पस मीनभवन र महेन्द्ररत्न क्याम्पस ताहचलमा एमालेनिकट अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । कमर्स क्याम्पसको अध्यक्षमा विशाल रोकाहा र महेन्द्ररत्नमा ईश्वर थापा अध्यक्षमा निर्वाचित भएको अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले जानकारी दिए ।

यस्तै, थापाथली इन्जिनियरिङ र महाराजगञ्ज नर्सिङ क्याम्पसमा काङ्ग्रेसनिकट नेपाल विद्यार्थी सङ्घका उम्मेदवार विजयी भएका छन् । थापाथलीमा प्रल्हाद खड्का र महाराजगञ्जमा विन्दु पोखरेल अध्यक्षमा निर्वाचित भएको नेविसङ्घका प्रवक्ता सुरज सेजुवालले जानकारी दिए ।

यस्तै, माओवादी केन्द्रनिकट अनेरास्ववियु (क्रान्तिकारी)ले जनप्रशासन क्याम्पस र सानोठिमी बहुमुखी क्याम्पस भक्तपुरमा विजय हालिस गरेको छ । क्रान्तिकारीका महासचिव रोशन मगरका अनुसार जनप्रशासनमा अनिकेत तिवारी र सानोठिमीमा नरेन्द्र ठगुन्ना अध्यक्ष भएका छन् ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार स्वयम श्रेष्ठ निर्वाचित भए । मङ्गलबार सम्पन्न निर्वाचनमा देशभरि ३८ आङ्गिक र दुई सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन भएको थियो ।

सम्बन्धित समाचारहरू :

महाराजगञ्ज नर्सिङ क्याम्पसमा नेविसङ्घकी विन्दु पोखरेल एक मतले विजयी

मीनभवन क्याम्पसको अध्यक्षमा अनेरास्ववियुले बाजी मार्‍यो, सचिव र कोषाध्यक्षमा नेविसङ्घ विजयी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved