पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार श्रेष्ठ निर्वाचित

नेपालभ्युज

पुल्चोक  इन्जिनियरिङ क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार श्रेष्ठ निर्वाचित

काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु  अध्यक्षमा  स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् ।

स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत श्रेष्ठ प्रतिद्वन्दी माओवादी निकट विद्यार्थी संगठनका  रसिक लम्साललाई पछि पार्दै  १ हजार १ सय २ मतसहित विजयी भएका हुन् । लम्सालले ७१० मत ल्याए ।

सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटा  १ हजार ६४ मत ल्याएर निर्वाचित भए । यस्तै कोषाध्यक्षमा नेविसङ्घका   अल्बर्ट ढकाल  १ हजार ४२ मतसहित निर्वाचित भए । पुल्चोकमा ३ हजार ८०७ जना मतदाता थिए ।

यसअघि २०७९ मा भएको निर्वाचनमा एमाले निकट अनेरास्ववियुका विराज अर्याल निर्वाचित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved