प्रधानमन्त्री कप क्रिकेट:

बागमतीले गण्डकीलाई हरायो

नेपालभ्युज

बागमतीले गण्डकीलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा बागमतीले गण्डकीलाई ६९ रनले पराजित गरेको छ ।

सिद्धार्थनगरस्थित सिदार्थ क्रिकेट स्टेडियममा मङ्गलबार भएको खेलमा २८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २१९ रन बनाएर अलआउट भएको हो ।

गण्डकीका वंश क्षेत्रीले अर्धशतकीय पारी खेले । उनले ९० बलमा ४ चौका प्रहार गर्दै ५५ रन जोडे । तैपनि जितको लागि पर्याप्त हुन सकेन । समिर कँडेलले २६ तथा अमृत गुरुङले २० रन बनाए ।

बागमतीका लागि इशान पाण्डेले ४ विकेट लिए । साकार गजुरेलले २ तथा रिजन ढकाल, गौतम केसी र सूर्य तामाङले १–१ विकेट लिए।

यसअघि पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा २८८ रन बनाएको थियो ।

बागतमीका लागि इशान पाण्डे र शुभ कङ्साकारले अर्धशतकीय पारी खेले । इशानले ८२ बलमा ६ विकेटको क्षतिमा ६९ रन बनाए । शुभले भने ५१ बलमा ९ चौका प्रहार गर्दै ५२ रन बनाए । विवेक मगरले ३४ रन बनाए ।

गण्डकीका लागि अर्जुन कुमालले ४ विकेट लिए । अर्जुनले ७ ओभरमा ४० रन खर्चे । सो क्रममा उनले १ मेडन फाले ।

सुवास भण्डारीले २ विकेट लिए । उनले १० ओभरमा ३१ रन खचे । सो क्रममा ४ मेडन ओभर फाले ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved