एन्फाले प्रदेश र जिल्ला फुटबल सङ्घलाई भन्यो – खेलाडीलाई ‘अन्जिला’ हेर्न लैजानू

नेपालभ्युज

एन्फाले प्रदेश र जिल्ला फुटबल सङ्घलाई भन्यो – खेलाडीलाई ‘अन्जिला’ हेर्न लैजानू

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले राष्ट्रिय महिला टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको बायोपिक ‘अन्जिला’ हेर्न पुरुष तथा महिला खेलाडीहरुलाई निर्देशन दिएको छ ।

सात प्रदेश तथा ४८ जिल्ला फुटबल सङ्घ, ए, बी र सी डिभिजन क्लबहरुलाई चलचित्र हेर्न परिपत्र गरिएको एन्फा महासचिव किरण राईले जानकारी दिए ।

पत्रमा भनिएको छ, “एन्जिला तुम्बापो सुब्बाको दुःख, संघर्ष अनि सफलताको कथामा आधारित चलचित्रले नेपाली खेलकुदको क्षेत्रमा नयाँ इतिहास र आयाम थपेको छ । चलचित्रमा एन्जिलाको जीवन संघर्ष र सफलताको कथाले हाम्रो आईरहेको नयाँ पुस्तालाई सफलताको लागि संघर्ष कति आवश्यक छ भन्ने कुरा उदाहरण मात्र होईन ! नयाँ उत्साह, आशा र भविष्य पनि देखाउने छ ।”

एन्फाले खेलाडीहरुलाई नजिकको हल लगेर फिल्म देखाउन निर्देशन दिएको छ ।

तुम्बापोको वास्तविक जीवनमा आधारित चलचित्र ‘अन्जिला’ फागुन २९ गतेदेखि देशभर प्रदर्शनरत छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved