कर्णालीको दोस्रो जित, १२७ रनले हार्‍यो कोशी

नेपालभ्युज

कर्णालीको दोस्रो जित, १२७ रनले हार्‍यो कोशी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा कर्णालीले कोशीलाई पराजित गरेको छ ।

भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा मङ्गलबार भएको खेलमा कर्णालीले कोशीलाई १२७ रनले पराजित गरेको हो । कर्णालीको यो दोस्रो जित हो ।

२१९ रनको लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमै अलआउट भयो ।

कोशीका लागि चिराग साहले २५ रन बनाए । शकिब हकले १३ र अङ्कित सुवेदीले १० रन बनाए ।

कर्णालीका लागि कर्णालीका लागि सुनिल धमला र दीपेन्द्र रावतले ३/३ विकेट लिए । दीवान पुनले २ तथा अनुज चनाराले १ विकेट लिए ।

यस्तै, टस जितेर ब्याटिङ रोजेको कर्णालीले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा २१८ रन बनाएको थियो ।

कर्णालीका लागि अर्जुन घर्तीले अर्धशतकीय पारी खेले । ९५ बलमा ११ चौका र २ छक्का प्रहार गरेका अर्जुन ८८ रनमा अविजित रहे । हिमान्शु शाहीले ४६ रन बनाए ।

कोशीका लागि विपिन महतोले ३ विकेट लिए । प्रकाश कार्की र दीपेश कँडेलले २/२ विकेट लिए । सुजन थपलिया र सर्वन किस्कुले १/१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved