प्रधानमन्त्री कप क्रिकेट:

कोशीलाई कर्णालीको मध्यम लक्ष्य

नेपालभ्युज

कोशीलाई कर्णालीको मध्यम लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा कर्णालीले कोशीलाई २१९ रनको लक्ष्य दिएको छ ।

भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा २१८ रन बनाएको हो ।

कर्णालीका लागि अर्जुन घर्तीले अर्धशतकीय पारी खेले । ९५ बलमा ११ चौका र २ छक्का प्रहार गरेका अर्जुन ८८ रनमा अविजित रहे । कर्णालीका लागि हिमान्शु शाहीले ४६ रन बनाए ।

कोशीका लागि विपिन महतोले ३ विकेट लिए । प्रकाश कार्की र दीपेश कँडेलले २–२ विकेट लिए । सुजन थपलिया र सर्वन किस्कुले १–१ विकेट लिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved