काठमाडौं । इजरायली सेनाले गाजा पट्टीमा ठूलो आक्रमण गरेको छ । हमासका लडाकु लुक्ने ठाउँहरूलाई लक्षित गर्दै आक्रमण गरिएको इजरायली सेनाले जनाएको छ ।
गाजाको नागरिक रक्षा एजेन्सीले आक्रमणमा ३४ प्यालेस्टिनीको मृत्यु भएको र ७० जना घाइते भएको बताएको छ ।
रोयटर्सले चिकित्सक र प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै मध्य गाजाको देइर अल–बलाहमा तीन घरहरूलाई निशाना बनाइएको बताएको छ । यसबाहेक खान युनिस र रफाहमा पनि भवनहरूलाई लक्षित गरिएको थियो ।
जनवरी १९ मा गाजामा युद्धविराम सुरु भएयता यो अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण भएकाे बीबीसीकाे समाचारमा उल्लेख छ ।
इजरायली प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायल काट्जले मङ्गलबार बिहान गाजा पट्टीमा आक्रमणको आदेश दिएका थिए ।
‘हाम्रा बन्धकहरूलाई रिहा गर्न हमासले निरन्तर अस्वीकार गरेको र अमेरिकी राष्ट्रपतिका विशेष प्रतिनिधि विट कोच र अन्य मध्यस्थकर्ताहरूले गरेका प्रस्तावहरूलाई अस्वीकार गरेपछि यो आक्रमण भएको हो,’ विज्ञप्तिमा भनिएको छ ।
Facebook Comment
Comment