स्ववियु निर्वाचन : मीनभवन क्याम्पसमा मतदान (तस्वीरहरू)

स्ववियु निर्वाचन : मीनभवन क्याम्पसमा मतदान (तस्वीरहरू)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा आज (मङ्गलबार) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन जारी छ ।

बिहान ८ बजेपछिदेखि ४६ आङ्गिक र दुई सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन सुरु भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए । उनले अधिकाङ्श क्याम्पसमा मतदान सुरु भइसकेको बताउनुभयो । मतदान अपराह्न ४ बजेसम्म हुनेछ ।

काठमाडौंको मीनभवनमा रहेको नेपाल कमर्श क्याम्पसमा भने बिहान ८ः३० बजे निर्वाचन सुरु भएको छ । यहाँ ६ हजारभन्दा बढी मतदाता भएको बताइएको छ । मतदानमा लागि विद्यार्थीहरू उत्साहित देखिएका छन् ।

काठमाडौं उपत्यकाका अधिकाङ्श क्याम्पसमा भने स्ववियु निर्वाचन स्थगित भएको छ । त्रि–चन्द्र, रत्नराज्य (आरआर), ल, विश्वभाषा, वाल्मीकि, अस्कल, सरस्वती, शङ्करदेव, पब्लिक युथ, बानेश्वर र कोटेश्वरलगायत क्याम्पसमा स्थगित भएको हो ।

अधिकाङ्श क्याम्पसमा विवादका कारण निर्वाचन स्थगित भएको पाइएको छ ।

नेपाल कमर्श, थापाथली र पुल्चोक इन्जिनियरिङमा भने मतदान जारी छ ।

कीर्तिपुरको केन्द्रीय क्याम्पस र पद्मकन्यामा भने यही चैत ८ गते निर्वाचन हुँदैछ ।

मतदानलगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले मतगणना आजै साँझदेखि हुने सदस्यसचिव अधिकारीले बताए । त्रिविले प्रत्येक दुई–दुई वर्षमा स्ववियु निर्वाचन गर्दै आइरहेको छ ।

निर्वाचनका लागि राजनीतिक दल निकटका विद्यार्थी सङ्गठन अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, स्वतन्त्र विद्यार्थी समूहलगायतले भाग लिएका छन् ।

स्ववियु निर्वाचन २०६५ सालदेखि भने नियमित हुनसकेको थिएन । एकैपटक २०७३ चैत १५ गते निर्वाचन भएको थियो । त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो । त्रिविमा २०१८–१९ देखि प्रत्यक्ष प्रणालीबाट निर्वाचन हँुदै आएकामा २०३० सालसम्म प्रत्येक वर्ष र २०३६ सालदेखि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन थालेको हो ।

तस्वीरमा हेरौं मीनभवन क्याम्पसका दृश्य :

सम्बन्धित समाचार :

काठमाडौंका अधिकाङ्श क्याम्पसमा स्ववियु निर्वाचन स्थगित, मीनभवन लगायतमा हुँदै (तस्वीरहरू)

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved