चैत १५ गते हजारौंलाई सडकमा उतार्ने एकीकृत समाजवादीको निर्णय

नेपालभ्युज

चैत १५ गते हजारौंलाई सडकमा उतार्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । समाजवादी मोर्चाले गर्न लागेको विरोधसहितको जनसभामा हजारौंलाई उत्रार्ने नेकपा एकीकृत समाजवादीले जनाएको छ ।

पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले चैत १५ गते मोर्चाले आयोजना गरेको विरोधसभालाई सफल बनाउन हजारौंलाई उत्रार्नेसहितको योजनाका साथ अघि बढ्ने निर्णय गरेको हो ।

राजसंस्थाका विषयमा गरिएको कुप्रचारलाई चिर्दै जनतालाई सडकमा उतार्ने प्रयास गर्ने उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए । उनले राजावादीको प्रदर्शनले दलहरु नडराएको भन्दै गणतन्त्र पक्षधरले जनताको चेतना देखाउनका लागि प्रदर्शन गर्न लागिएको धारणा राखे ।

उपाध्यक्ष खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटीमा टिकट काटेर पस्न पाउने भन्दै राजतन्त्र फर्किने सम्भावना नभएको टिप्पणी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved