प्रचण्डको तस्वीर जलाउने राप्रपाका बम रिहा, पार्टी कार्यालयमा स्वागत

नेपालभ्युज

प्रचण्डको तस्वीर जलाउने राप्रपाका बम रिहा, पार्टी कार्यालयमा स्वागत

काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको आरोपमा पक्राउ परेका राप्रपा नेता निराजन बम रिहा भएका छन् ।

रिहाइलगत्तै बमलाई हेटौंडा–२ स्थित राप्रपा कार्यालयमा स्वागत गरिएको छ ।

भरतपुर विमानस्थलबाट आइतबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मकवानपुर पुर्‍याइएका उनलाई आइतबार साँझ नै प्रहरीले रिहा गरेको हो ।

कालिकोटका बम राप्रपाको भ्रातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्घका महासचिव  हुन् । उनले शनिबार हेटौंडाको एक कार्यक्रममा प्रचण्डको तस्वीर जलाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved