म्यासेडोनियाको नाइट क्लबमा आगलागी, ५१ जनाको मृत्यु, १०० भन्दा धेरै घाइते

नेपालभ्युज

म्यासेडोनियाको नाइट क्लबमा आगलागी, ५१ जनाको मृत्यु, १०० भन्दा धेरै घाइते

काठमाडौं उत्तर म्यासेडोनियाको एक नाइट क्लबमा भएको आगलागीमा कम्तिमा ५१ जनाको मृत्यु भएको छ । १ सयभन्दा धेरै घाइते भएका छन् ।

राजधानी स्कोप्जेबाट करिब १०० किमि पूर्वमा रहेको कोचानि सहरको पल्स क्लबमा आइतबार बिहान आगलागी भएको हो ।

आगलागीमा कम्तीमा ५१ जनाको ज्यान गएको उत्तर म्यासेडोनियाको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका फुटेजहरूमा भवन पूरै जलेको र धुवाँ आकाशमा उडिरहेको देख्न सकिन्छ।

एडीएन ब्यान्डको प्रस्तुति भइरहेका बेला आगलागी सुरु भएको थियो । घटनाको बेला १५ सयभन्दा बढी मानिस कन्सर्टमा उपस्थित रहेको बीबीसीले जनाएको छ ।

आतिसबाजीका कारण आगलागी भएको हुन सक्ने अनुमान गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved