अमेरिकामा आँधीबाट कम्तीमा ३४ जनाको मृत्यु : सवारीसाधन पल्टिए, घर भत्किए (तस्वीरहरू)

नेपालभ्युज

अमेरिकामा आँधीबाट कम्तीमा ३४ जनाको मृत्यु : सवारीसाधन पल्टिए, घर भत्किए (तस्वीरहरू)

काठमाडौं । अमेरिको दक्षिणी क्षेत्रमा भयानक आँधी आएको छ । नेपाली समयअनुसार आइतबार बिहान आएको आँधीमा परी कम्तीमा ३४ जनाको मृत्यु भएको हाे ।

बीबीसीको समाचारमा उल्लेख भएअनुसार  मिसौरीमा १२ जनाको मृत्यु भएको छ भने क्यान्ससमा आठले ज्यान गुमाएका छन् ।

यो खतरनाक आँधीले अमेरिकाका दक्षिणपूर्वी राज्यहरूमा ठूलो क्षति पुयाएको छ । धेरै सवारीसाधन पल्टिएका छन् भने धेरै घरमा क्षति पुगेको छ । कतिपय घर भत्किएका छन् ।

ट्र्याकर पावरआउटेजका अनुसार यसबाट सात राज्यका २ लाख ५० हजारभन्दा बढी घर बिजुलीविहीन भएका छन् ।

आँधी प्रभावित राज्यहरूमा मिशिगन, मिसौरी र इलिनोइस रहेका छन्

तस्वीरहरू :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved