काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा कोशीले गण्डकी प्रदेशमाथि फराकिलो अन्तरको जित हासिल गरेको छ ।
रुपन्देहीस्थित एक्स्ट्रा टेक ओभलमा आइतबार भएको खेलमा कोशीले गण्डकीलाई ९ विकेटले हराएको हो । प्रतियोगितामा कोशीको यो पहिलो जित हो । यसअघि कोशी लगातार ४ खेलमा पराजित भएको थियो ।
३२ रनको झिनो लक्ष्य कोशीले ८.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । कोशीका लागि सकिब हकले अविजित १६ रन बनाए । चिराग साहले १० रन बनाउँदा सोनु अन्सारी भने ४ रनमा अविजित रहे ।
पहिले ब्याटिङ गरेको गण्डकी २०.४ ओभरमा ३१ रनमा अलआउट भएको थियो । गण्डकीका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । अर्जुन कुमालले सर्वाधिक ९ रन बनाए ।
कर्णालीका लागि विपिन महतोले ६ विकेट लिए । सो क्रममा उनले ८ ओभरमा तीन मेडन राख्दै १७ रन खर्चे । फिर्दोश अन्सारीले ३ विकेट लिए ।
Facebook Comment
Comment