काठमाडौं । शुक्रबार नेपाली बजारमा उच्च विन्दुमा पुगेको सुनको मूल्य आज (आइतबार) भने घटेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो ।
छापावाल सुन आज तोलामा १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
शुक्रबार सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । उक्त दिन सुनको मूल्य तोलामा ४ हजार रुपैयाँले बढेको थियो ।
सुन तोलाको १ लाख ७४ हजा ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि थोरै घटेको छ । चाँदी आज तोलामा ५ रुपैयाँले घटेको हो ।
शुक्रबार भने चाँदी तोलामा ५० रुपैयाँले बढेको थियो । आज चाँदी तोलामा २ हजार ४५ रुपैयाँले कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
Facebook Comment
Comment