प्रधानमन्त्री कप क्रिकेट:

कोशीको कसिलो बलिङसामु गण्डकी निरिह, विपिनले लिए ६ विकेट

नेपालभ्युज

कोशीको कसिलो बलिङसामु गण्डकी निरिह, विपिनले लिए ६ विकेट

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा गण्डकी प्रदेश कोशी प्रदेशको बलिङसामु निरिह बनेको छ ।

भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा जारी खेलमा गण्डकीले कोशीलाई ३२ रनको झिनो लक्ष्य दिएको हो ।

पहिले ब्याटिङ गरेको गण्डकी २०.४ ओभरमा ३१ रनमा अलआउट भएको हो ।

गण्डकीका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ९ रन बनाए । कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् ।

कोशीका लागि विपिन महतोले ६ विकेट लिए । सो क्रममा उनले ८ ओभरमा १७ रन खर्चे । सो क्रममा उनले ३ मेडान ओभर पनि फाले ।

फिर्दोश अन्सारीले भने ३ विकेट लिए। उनले ८ ओभरमा १० रन खर्चे । साथै ५ मेडन ओभर फाले ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved