बाँकेको बालसुधार गृहमा भएको झडपमा संलग्न ५० जना प्रहरीको नियन्त्रणमा

नेपालभ्युज

बाँकेको बालसुधार गृहमा भएको झडपमा संलग्न ५० जना प्रहरीको नियन्त्रणमा
सांकेतिक तस्वीर

काठमाडौं । बाँकेको बालसुधार गृहमा झडप भएको घटनामा प्रहरीले झण्डै ५० जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको डुडुवामा रहेको जयेन्दु बालसुधार गृहमा शुक्रबार राति भएको झडपमा ६ जना घाइते भएका थिए ।

झडपपछि प्रहरीले ५० जनालाई नियन्त्रणमा लिएको बताएको छ । एउटा समूहले अर्को समूहका बालबन्दीलाई बाहिर निस्किन नदिएपछि प्रहरी टोली भित्र जान खोज्दा ढुङ्गामुढा समेत भएको थियो ।

शनिबार दिउँसो मात्रै प्रहरी बालसुधार गृहभित्र पसेर एउटा समूहको नियन्त्रणमा रहेका बालबन्दीलाई मुक्त गरेको छ ।

बालसुधार गृहमा २ सय ५० बालबन्दी रहेका छन् । यही  बालसुधार गृहमा गत वर्ष दुई समूहबीच झडप हुँदा एक जनाको ज्यान गएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved