काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्वीर जलाएको छ ।
शनिबार हेटौँडामा आयोजित कार्यक्रममा प्रचण्डको तस्वीर जलाइएको हो ।
कार्यक्रममा सङ्गठनका सदस्य सचिव नीराजन बम पताँलाले प्रचण्डको तस्वीर जलाएका हुन् । प्रचण्डको तस्वीरमा आगो लगाउँदै उनले गणतन्त्र मुर्दावादको नारा लगाएका थिए ।
उनले प्रचण्डलाई हत्यारा भन्दै कार्यक्रममा सहभागीलाई नाराबाजी गर्न लगाएका थिए ।
प्रचण्डले गत शुक्रबार सिन्धुपाल्चोकमा दिएको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गर्दै राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले उनको फोटो जलाएको हो । पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रचण्डले आफ्नै वंशको हत्यारा र मूर्ती चोर भनेका थिए ।
Facebook Comment
Comment