भारतीय सिनेमामा डेब्यू गर्दै वार्नर

नेपालभ्युज

भारतीय सिनेमामा डेब्यू गर्दै वार्नर

काठमाडौं । अस्ट्रेलियाका पूर्व क्रिकेटर डेभिड वार्नर भारतीय सिनेमामा देखिने भएका छन् ।

यो जानकारी उनी आफैँले साझा गरेका छन् । वार्नरले तेलुगु फिल्म ‘रोबिन हुड’ बाट डेब्यू गर्न लागेको खुलासा गरेका छन् ।

वार्नरले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्टर सेयर गर्दै लेखेका छन् , “भारतीय सिनेमा, म आउँदैछु । सुटिङमा रमाइलो समय बिताएँ । रोबिन हुडको हिस्सा हुन पाउँदा धेरै खुशी छु ।”

शनिबार फिल्म निर्माताहरूले वार्नरको एउटा पोस्टर सेयर गरेर स्वागत गरे, जसमा लेखिएको थियो, “सीमानादेखि बक्स अफिससम्म डेभिड वार्नरलाई भारतीय सिनेमामा स्वागत छ ।”

यसैबीच, फिल्ममा मुख्य भूमिका निर्वाह गरिरहेका तेलुगु अभिनेता नितिनले पोस्टमा लेखेका छन्, “ब्याटिङदेखि सुटिङसम्म, क्रिकेट मैदानदेखि फिल्म क्षेत्रसम्म । स्वागत छ डेभिड वार्नर ।”

यो फिल्म मार्च २८ मा विश्वव्यापी रूपमा रिलिज हुँदैछ । यो फिल्मलाई भेन्की कुडुमुलाले निर्देशन गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved