प्रधानमन्त्री कप क्रिकेट:

बागमतीले सुदूरपश्चिमलाई दियो २६७ रनको लक्ष्य, शुभ र आशुतोषको अर्धशतक

नेपालभ्युज

बागमतीले सुदूरपश्चिमलाई दियो २६७ रनको लक्ष्य, शुभ र आशुतोषको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा बागमतीले सुदूरपश्चिमलाई २६७ रनको लक्ष्य दिएको छ ।

भैरहवास्थित एक्स्ट्राटेक ओभलमा जारी खेलमा बागमतीले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा मात्र २६६ रन बनाएको हो ।

बागमतीका लागि शुभ कङ्शकार र आशुतोष घिरैयाले अर्धशतकीय पारी खेले ।

शुभले ६८ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ७७ रनको योगदान गरे । आशुतोषले भने १०१ बलमा ५ चौका प्रहार गर्दै ५८ रन बनाए । इशान पाण्डेले ३६ रन बनाए ।

कप्तान पृथु बास्कोटाले १५, प्रतिश जिसीले १५ र विवेक यादवले १० रन बनाए । सुमन सुनार १२ रन अविजित रहे ।

सुदूरपश्चिमका लागि सौर्य श्रेष्ठ, शेर मल्ल र हेमन्त धामीले २/२ तथा नारायण जोशी र राहुल भण्डारीले १/१ विकेट लिए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved