आमाहरूको फुटबल प्रतियोगिता : लुङ्गी, चोलो र कुर्तासुरुवाल लगाएर मैदानमा उत्रिए

नेपालभ्युज

आमाहरूको फुटबल प्रतियोगिता : लुङ्गी, चोलो र कुर्तासुरुवाल लगाएर मैदानमा उत्रिए

म्याग्दी । खेलकुदका माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यले फागुपूर्णिमाका अवसरमा म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा आमाहरूको फुटबल प्रतियोगिता भएको छ ।

जलमाई भगवती आमा समूहले आयोजना गरेको प्रतियोगितामा तातोपानी, पखेर र सिङ्गाका पाँचवटा आमा समूह सहभागी भएका थिए । जसमा जलमाई भगवती आमा समूह ‘ए’ले मङ्गला गाउँपालिका–३ को पखेर आमा समूहलाई एकका विरुद्ध चार गोल गरेर उपाधि जित्याे । यो समूहले १५ हजार रुपैयाँ हात पारेको छ ।

जलमाई भगवती आमा समूहकी सचिव मीना जुग्जालीले ‘आमाहरूको मात्र फुटबल प्रतियोगिता जिल्लामै पहिलोपटक तातोपानीमा भएको बताइन् । उनले भनिन्, ‘खेलकुदमार्फत आमाहरुलाई जागरुक र सामाजिक क्षेत्रमा क्रियाशील बनाउन प्रतियोगिता आयोजना गरिएको हो ।’

आमाहरू लुङ्गी, चोलो, कुर्तासुरुवालको पहिरनमा खेलमैदानमा उत्रिएका थिए । प्राकृतिक चिकित्सालयको रुपमा परिचित तातोपानीमा परम्परागत रुपमा लाग्ने फागुपूर्णिमा मेलालाई यसपटक आमा समूहले निरन्तरता दिएका हुन् ।

मेलामा फाइभ ‘ए साइड पुरुष फुटसल, महिला र पुरुष लठो तान्ने, अन्धनिशान, पुरुष तथा महिला छेलो प्रतियोगिता भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved