प्रधानमन्त्री कप क्रिकेट

पुलिसविरुद्ध एपीएफको फितलो ब्याटिङ, ललितले लिए ६ विकेट

नेपालभ्युज

पुलिसविरुद्ध एपीएफको फितलो ब्याटिङ, ललितले लिए ६ विकेट

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबविरुद्ध एपीएफ क्लबले फितलो ब्याटिङ गरेको छ ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा एपीएफले पुलिसलाई ९५ रनको लक्ष्य दिएको छ ।

पहिले ब्याटिङ गरेको एपीएफ २७.४ ओभरमा ९४ रनमा अलआउट भएको हो ।

एपीएफका लागि सुमित महर्जनले २६ र लोकेश बमले २२ रन बनाए । आसिफ शेखले १० रन बनाए । अमर रौतेललाले १० रन बनाए ।

पुलिसका लागि ललित राजवंशीले ६ विकेट लिए । उनले ७.४ ओभरमा १८ रन खर्चे । सो क्रममा उनले ३ मेडन ओभर फाले ।

साथै, कुशल भूर्तेल, सागर ढकाल, करण केसी र गुल्शन झाले १/१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved