प्रधानमन्त्री कप क्रिकेट:

एपीएफले मधेसलाई हरायो

नेपालभ्युज

एपीएफले मधेसलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा एपीएफले मधेस प्रदेशलाई २ विकेटले पराजित गरेको छ ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको रोमाञ्चक खेलमा १६९ रनको लक्ष्य एपीएफले ३६.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो ।

एपीएफका लागि सुमित महर्जनले ३५ रन र आसिफ शेखले ३४ रन बनाए । कमल ऐरी २८ रनमा अविजित रहे । लोकश बमले १८, अमर रौतेलाले १६ र कप्तान रोहितकुमार पौडेलले ११ रन बनाए ।

मधेसका लागि कमल गुप्ताले ४ विकेट लिए । प्रदिप पास्वानले २ तथा रुपेश सिंह र हरिशंकर शाहले १–१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको मधेसले ४०.४ ओभरमा १६८ रनमा अलआउट भएको थियो ।

मधेसका लागि पवन सर्राफले अर्धशतकीय पारी खेले । पवनले ७७ बलमा ८ चौका र ५ छक्का प्रहार गरेर ७७ रन बनाए ।

कप्तान अनिल साहले १७ र मयन यादवले ११ रन बनाए । रुपेश सिंह र प्रदिप पास्वानले १०–१० रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेन ।

एपीएफका लागि कमल ऐरीले ४ विकेट लिए । कमलले ९ ओभरमा ५५ रन खर्चे । सोक्रममा उनले १ मेडन ओभर पनि फाले । भुवन कार्की र रोहित पौडेलले २–२ विकेट लिए । अभिषेक गौतमले १ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved