प्रधानमन्त्री कप क्रिकेट:

आर्मीले कर्णालीलाई दियो विशाल लक्ष्य, तृत र विनोदको अर्धशतक

नेपालभ्युज

आर्मीले कर्णालीलाई दियो विशाल लक्ष्य, तृत र विनोदको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्बलले कर्णाली प्रदेशलाई २६३ रनको लक्ष्य बनाएको छ ।

भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा जारी खेलमा आर्मीले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा २६२ रन बनाएको हो ।

आर्मीका लागि तृत राज दास र कप्तान विनोद भण्डारीले अर्धशतकीय पारी खेले । उनले ८४ बलमा १० चौका प्रहार गरेर ६९ रन बनाए ।
विनोदले ६४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५६ रन बनाए ।

कर्णालीका लागि प्रकाश जैसीले ४ विकेट लिए । उनले १० ओभरमा ६४ रन खर्चे । दिनेश अधिकारीले ३ विकेट लिए । सुनिल धमलाले २ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved